आईतवार, जेष्ठ ३,२०८३ 02:17:51
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:17:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मस्कलाई एकै दिन दुई झट्काः शीर्ष धनाढ्यको ताज गुम्यो, अब लगाउनु पर्नेछ अदालतको चक्कर

Laxmi Sunrise Bank Limited
मस्कलाई एकै दिन दुई झट्काः शीर्ष धनाढ्यको ताज गुम्यो, अब लगाउनु पर्नेछ अदालतको चक्कर
Shivam Cement

काठमाण्डौ । दशा बाजा बजाएर आउँदैन भन्ने उखान एलन मस्कको हालको अवस्थामा चरितार्थ भएको छ । टेस्ला,स्पेसएक्स र ट्विटर जस्ता कम्पनीका मालिक एलन मस्कलाई एकै दिनमा दुई झट्का लागेको छ । मस्क विश्वको शीर्ष धनाढ्यको सूचीबाट तल झर्दे दोस्रो स्थानमा पुगेका छन् ।  

सोमबार टेस्ला कम्पनीको सेयरमूल्यमा आएको ७ प्रतिशतभन्दा बढी गिरावटका कारण उनको नेटवर्थमा १७ अर्ब डलरको कमी आएको छ । जसका कारण उनको नेटवर्थ २०० अर्ब डलरभन्दा कममा सीमित भएको छ । उनको कुल सम्पत्ति १९८ अर्ब डलरमा झरेको छ ।  

मस्कलाई उछिन्दै अमेजनका सीईओ विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बेजोसको कुल सम्पत्ति २०० अर्ब डलर रहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै मस्कलाई एउटा अर्को झट्का लागेको छ । ट्विटरका पूर्व सीईओ पराग अग्रवाल र अन्य तीनजना अधिकारीहरुले मस्कविरुद्ध १२.८ करोड डलरभन्दा बढीको मुद्दा दायर गरेका छन् । मद्दा दायर गर्नेमा अग्रवालसँगै ट्व्टिरका पूर्व प्रमुख वित्तीय अधिकारी नेड सेगल, पूर्व कानून प्रमुख विजया गाड्डे र पूर्व जनरल काउन्सिल सीन एडगेट रहेका छन् ।  

मस्कले सन् २०२२ अक्टोबर महिनामा सामाजिक सञ्जाल ट्विटर(अहिले एक्स)को स्वामित्व खरिद गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा पूर्ण भएको थियो । कम्पनी प्राप्ति गरेपछि मस्कले सबैभन्दा पहिले भारतीस्य मूलका सीईओ पराग अग्रवाल र अन्य शीर्ष अधिकारीहरुलाई कम्पनीबाट निकालेका थिए । यसमा सीगल,गाड्डे र एडगेट पनि समावेश थिए ।  

यी सबैजना मिलेर मस्कले घोर लापरवाहि गर्दै आफुहरुलाई निकालेको भन्दै मुद्दा दायर गरेका छन् । उनीहरुले ट्विटरले आफुहरुलाई १२.८ करोड डलर भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।   -एजेन्सी 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.