काठमाण्डौ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा ४२.९९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आावको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल आम्दानी ५ करोड ७२ लाखबाट बढेर ५ करोड ८९ लाख पुगेको छ । कम्पनीको कुल अप्रत्यक्ष खर्च घटेको छ । अघिल्लो आवमा १ करोड ३८ लाख रहेको कुल अप्रत्यक्ष खर्च घटेर १ करोड २३ लाखमा सीमित बनेको छ ।
यस्तै कम्पनीको गैर सञ्चालन खर्च पनि २ करोड ८० लाखबाट घटेर २ करोड ४६ लाखमा सीमित बनेको छ ।
७५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ५५ लाख, कुल चालु दायित्व ३ करोड १८ लाख र रिजर्भ कोष २४ लाख ३ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.३२ रुपैयाँ, पीई रेसियो १४४.८६ र तरलता अनुपात १.०२ गुणा कायम भएको छ ।