सोमबार, असार १६,२०८२ 06:51:08
  • सोमबार, असार १६,२०८२ 06:51:08
Global IME Bank Limited

इक्राले घटायो दुई हाईड्रो र एक विकास बैंकको रेटिङ

Hyundai Nepal
इक्राले घटायो दुई हाईड्रो र एक विकास बैंकको रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले दुई हाईड्रो र एक विकास बैंकको रेटिङ डाउनग्रेड गरेको छ । इक्राले माया खोला हाईड्रोपावर,सांग्रिला डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोपावर कम्पनी लिमिटेडको रेटिङ घटाएको हो ।  

इक्राले सांग्रिला डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] BB+@ निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] BB@ मा डाउनग्रेड गर्नुका साथैप्रतिकुल प्रभाव सहित सूक्ष्म निगरानीलाई जारी राखेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले माया खोला हाइड्रोपावरलाई विगतमा प्रदान गरेको [ICRANP-IR] B निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] D मा डाउनग्रेड गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुकि सकेको वा निकटमा चुक्ने अपेक्षा गरिएका हुन्छन् ।

इक्राले थ्रीस्टार हाइड्रोपावरलाई विगतमा प्रदान गरेको [ICRANP-IR] B- निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] D मा डाउनग्रेड गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुकि सकेको वा निकटमा चुक्ने अपेक्षा गरिएका हुन्छन् ।

उक्त रेटिङ्गहरु निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नरहेको इक्रा नेपालले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.