आईतवार, जेष्ठ ४,२०८२ 09:52:42
IME remit
  • आईतवार, जेष्ठ ४,२०८२ 09:52:42
IME remit
Global IME Bank Limited

आजदेखि कालिक सेक्यूरिटिज र नेपाल स्टक हाउबाट फुलफेजको नयाँ टीएमएस सूरु

Hyundai Nepal
आजदेखि कालिक सेक्यूरिटिज र नेपाल स्टक हाउबाट फुलफेजको नयाँ टीएमएस सूरु
Nabil Bank Limited

काठमाण्डौ । आजदेखि थप २ वटा ब्रोकरहरुबाट नयाँ टीएमएस सेवा सुरु भएको छ । डीजी हबले दिएको जानकारीअनुसार आज नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४) र कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)बाट फुलफेजको नयाँ टीएमएसमार्फत सेयर कारोबार सुरु भएको हो ।  

यो सँगै फुलफेजको टीएमएस लिने ब्रोकरको संख्या ४ , प्यारालाल लाइभ लिने २ र (युजर एसेप्टेन्स टेस्टिङ)युएटी लिने ८ पुगेका छन् । अब यी ब्रोकरका नयाँ तथा पुराना सबै ग्राहकहरुले नयाँ टीएमएस चलाउन पाउने भएका छन् । डीजी हबले नयाँ पुराना गरेर ५० प्रतिशत भन्दा बढी ब्रोकरले नयाँ टीएमएसमा जाँदै गरेको पनि जानकारी दिएको छ ।  

नयाँ भर्जनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने, बेचेको एक मिनेटमा नै कोल्याट्रल लोड हुने, आफ्नो सेयर र पोर्टफोलियो तुरुन्तै हेर्न मिल्ने तथा प्राविधिक चार्ट पनि हेर्न मिल्ने रहेका छन् । यसमा आफ्नो लिमिट, बेच्न मिल्ने सेयर संख्या जस्ता सहज फिचर पनि समावेश छन् ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यस्तै, कम्पनी फलोअप गर्न निकै सहज रहेको छ । यसमा आफूले किन्न तथा बेच्न चाहेको कम्पनीको भोल्युम तथा कारोबार, आधारभूत तथा प्राविधिक पक्ष सबै हेर्न अन्त जानु पर्दैन ।  

डेक्सटपमा विभिन्न फिचर्सका साथै मोबाइल एपमा पनि कारोबार गर्न निकै सहज रहेको छ । सेक्योर्ड सेक्यूरिटिजका सञ्चालक सन्तोष मैनालीले दिएको जानकारी अनुसार मोबाइल एपमा ग्राहकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । उनले भने, ‘डेक्सटप भर्जन प्राविधिक चार्ट नियालेर कारोबार गर्नेलाई सहज रहेको छ । मोबाइल एप भने युवादेखि बुढाबुढी सबैका लागि सहज छ । कुनै पनि व्यक्तिले आफ्नै मोबाइलमा एप डाउनलोड गरेर ११ बजेदेखि ३ बजेको कारोबारको समयमा सहज रुपमा कारोबार गर्न सक्छ । मोबाइल एपमा प्राविधिक चार्ट बाहेक सबै फिचर रहेको छ ।’  

Muktinath Bikas Bank Limited

यसले अब सरकारी कर्मचारी र अन्य बैंकका कर्मचारीहरुलाई पनि सहज हुने ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बताए । ‘किनकी ती ठाँउहरुमा सरकारले डेक्सटप भर्जनमा टीएमएस नचल्ने बनाएको थियो । अब मोबाइल डेटा लिएर आफ्नै मोबाइल एपबाट कुनै पनि ठाँउबाट सेयर कारोबार गर्न कसैले रोक्न सक्ने अबस्था छैन,’ उनले भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘केही समय पहिले नेपाल सरकारले सिंहदरबार र अदालत परिसरमा सेयर कारोबारलाई रोक लगाएको थियो । अब भने ती ठाँउबाट सेयर कारोबार रोकिने छैन ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.