काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पूँजी बजारसम्बन्धी ११ वटा ब्रोकरलाई सचेत गराएको छ । यी कम्पनीहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ पालना नगरेको पाइएपछि सचेत गराइएको सेबोनले जनाएको छ ।
आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनबमोजिम ब्रोकर कम्पनीहरुले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा कारोबार विवरण बुझाउनु पर्ने हुन्छ ।
तर ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटलले दैनिक कारोबार विवरण नराखि यस्तो विवरण नबुझाएकाले यी ब्रोकरहरुलाई सचेत गराइएको हो ।