काठमाण्डौ । बजार परिसूचक(नेप्से)मा आज(बुधबार) कारोबार खुलेदेखि नै उछाल देखिएको छ ।
करिब सर्किट लेभलमा पुगेको नेप्से परिसूचक खुलेलगत्तै ह्वात्तै बढेर २८०० विन्दू नजिक पुगी करेक्सनको चरणमा छ ।
नेप्से परिसूचक २७७१.४८ को विन्दूमा पुगेर फर्किएको हो ।
बजार खुलेको १० मिनेटसम्म भने नेप्से करिब ३४ अंकले बढेको छ भने डेढ अर्ब हाराहारीमा कारोबार भएको छ ।
यो समाचार तयार पार्दासम्म बैंकिंग इण्डेक्स, बित्त समूह, जलविद्युत, इन्भेष्टमेन्ट र निर्जीवन बीमा समूह लगायतका सब इण्डेक्समा उच्च बढोत्तरी भएको छ ।
हिजो सरकारले नेपाल राष्टबैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरेको थियो । डेढ महिनासम्मको अन्यौल र ठूला दलबीचको तानातानलाई अन्त्य गर्दै गभर्नर नियुक्ति भएपछि नीतिगत स्थिरता हुने अपेक्षाका बीच सेयर लगानीकर्तामा उत्साह देखिएको हो ।