काठमाण्डौ । यो साता शीर्ष आम्दानी गर्ने अधिकांश कम्पनीहरुमा बैंकिङ समूहअन्तर्गतका कम्पनीहरु परेका छन् । यो साता एउटै कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
यो साता ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले ६१ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।
यस्तै सिन्धु बिकास बैंकका लगानीकर्ताहरुले करिब २८ प्रतिशत , सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले १८ प्रतिशत , एनएलजी इन्स्योरेन्सका लगानीकर्ताहरुले १३ प्रतिशत , ग्रिन डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले १२ प्रतिशत , स्वाभिमान लघुबित्तका लगानीकर्ताहरुले ११.३३ प्रतिशत , कुमारी बैंकका लगानीकर्ताहरुले १०.७६ प्रतिशत , मिड सोल्ु हाइड्रो पावरका लगानीकर्ताहरुले १०.३ प्रतिशत , सिद्धार्थ बैंकका लगानीकर्ताहरुले ९.७१ प्रतिशत , फर्वाड माइक्रोफाइनान्सका लगानीकर्ताहरुले ९.५१ प्रतिशत आम्दानी गरेका छन् ।
