आईतवार, जेष्ठ ११,२०८२ 08:38:46
IME remit
  • आईतवार, जेष्ठ ११,२०८२ 08:38:46
IME remit
Global IME Bank Limited

मेडिसिटीमा बिरामीको फ्लो ह्वात्तै घट्यो, अवस्था नसुध्रिए बन्द हुनसक्ने !

Hyundai Nepal
मेडिसिटीमा बिरामीको फ्लो ह्वात्तै घट्यो, अवस्था नसुध्रिए बन्द हुनसक्ने !
Nabil Bank Limited

काठमाण्डौ । अभूतपूर्व आर्थिक संकटमा फसेको देशको निजी क्षेत्रमै सबैभन्दा बढी ७०० शैयाको नेपाल मेडिसिटी अस्पताल भद्रगोल बन्दै गएको छ ।  

चरम आर्थिक संकटमा फसेको यो अस्पतालको दैनिक क्यास फ्लो बिग्रिएपछि कर्मचारीहरुले समयमा तलब पाउन छाडेका छन् भने यसको प्रभाव बिरामीको फ्लो, कर्मचारीको संख्यादेखि अस्पतालको बाहिरी रुपमा समेत प्रष्ट देखिन थालेको छ ।  

नेपालका धनाढ्यमध्येका एक उपेन्द्र महतोको लगानी रहेको यो अस्पताल पछिल्लो समय आर्थिक संकटमा फसेको छ । बैंकहरुलाई ऋणको नियमित साँवाब्याज(किस्ता) समेत बुझाउन सकेको छैन भने यसको प्रभाव कर्मचारीको तलबभत्ताको भुक्तानीमा समेत देखिएको छ । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

अघिल्लो साता बिजशाला टिम अस्पताल परिसरमा पुगेर केही कर्मचारीहरुसँग कुराकानी समेत गरेको थियो। सो क्रममा अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले ३ महिनादेखि तलबभुक्तानी नभएको गुनासो गरेका थिए । उनीहरुले केही कर्मचारीको तबलभत्ता त ६ महिनादेखि रोकिएको समेत जानकारी दिए ।  

पिक आवरमा समेत सुनसान देखिएको क्याफटेरिया ।

‘अस्पताल आर्थिक रुपमा जर्जर भएका कारण धेरै स्टाफहरुले काम छाडिसके ।’ पहिलो तलाको क्याफ्टेरेयिामा भेटिएकी एक स्टाफ नर्सले नाम गोप्य राखिदिने शर्तमा भनिन्–‘७०० शैयाको अस्पताल भनेर बढी हल्लाखल्ला मात्र गरियो । अहिले ४० वटा बेड समेत दैनिक अकूपाई हुन मुश्किल भइरहेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको अभावका कारण थोरै जनशक्तिले काम चलाउनुपर्ने अवस्थाका कारण बिरामी र तिनका आफन्तले पहिलाजस्तो चित्त बुझाउन छाडेका छन् । अस्पतालले लिन सेवा शुल्क यथावत छ, दिने सेवाको गुणस्तर चाहिँ घटेपछि र फितलो व्यवस्थापन देखिएपछि बिरामीहरु समेत आउन छाडेका छन् ।’ 

आइपिडी काउण्टर

ती स्टाफ नर्सले हामीसँग कुरा गरिरहँदा टिकट काउण्टर र ल्याब टेस्ट गर्ने ठाउँहरुको आफैंले भिजिट गर्न र त्यहाँको बिरामीको फ्लो हेर्न समेत सुझाएकी थिइन् । उनको भनाई थियो–‘टिकट काउण्टर र ल्याब तथा बिरामी भर्न लिने ठाउँमा गए पुग्छ, अस्पतालको फ्लो र विजिनेश हेर्न । पछिल्लोकालमा बिजोग अवस्था छ ।’  

उनको सुझावपछि हामीले पनि मुख्य ओपिडी टिकट काउण्टर, आइपिडी काउण्टर, ल्याब लगायतमा भिजिट गर्यौं । नभन्दै साच्चिकै कम बिरामीको फ्लो ती क्षेत्रमा देखियो । बिरामीको भीडभाड कुन हदसम्म पातलिएको छ भन्ने कुरा क्याफ्टेरिया तथा आसपासको दृश्यले पनि देखाउथ्यो ।

सुनसान ओपिडी टिकट काउण्टर ।

हामीले सो अस्पतालको विभिन्न तलामा रहेको वाड तथा स्पेशल बेड रहेका क्षेत्रमा समेत भिजिट गर्यौं । जहाँ करिब १५ प्रतिशत बेडहरु मात्र अकूपाई रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।  

यो अस्पताल निकै अत्याधुनिक उपकरण र सेवासहित सुरु गरिएको थियो । तर, अस्पताल सुरु भएको ८ वर्ष नबित्दै बन्द हुने संघारमा पुगेको छ ।  

ल्याब

क्यास फ्लो बिग्रिएका कारण समयमै भुक्तानी नहुँदा चिकित्सकदेखि स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले समेत विकल्प पाएपछि काम छाड्न थालेका छन् ।

असन्तुष्ट बिरामी

अस्पतालको गुणस्तरीय सेवामा देखिएको तीव्र ह्रासका कारण बिरामीहरुमा समेत असन्तुष्टि देखिएको छ । 

Muktinath Bikas Bank Limited

सो अस्पतालमा आफ्ना बुबालाई उपचारका लागि बेड भर्ना गराएका नेपाल सरकारका एक सहसचिव तहका कर्मचारीले बिजशालासँग कुरा गर्दै भनेका छन्–‘मेडिसिटीको सेवा पछिल्लो समय निकै खस्किएको पायौं । पहिलाजस्तो कर्मचारीहरु पनि यथेष्ठ रहेनछन्, मेरो बाबाले ‘यो अस्पतालको सेवा साह्रै नराम्ररी खस्किएछ, यस्तोमा बस्नै सक्दिँन भनेपछि मैले २ दिनमै अन्यत्र सानुपर्यो । मेडिसिटीको पहिलाको साख अहिले बर्बाद भइसकेछ।’  

बिजशाला टिम एक दिनभर अस्पताल बस्दा गफिन तयार भएका अन्य बिरामीका आफन्त पनि आफूहरुले पाएको सेवाबाट असन्तुष्ट देखिए । ‘अब मेडिसिटी पहिलाको जस्तो मेडिसिटी रहेनछ । पछिल्लो समय किन यति साह्रो बिग्रियो यसको सेवा ? अचम्म लागेको छ ।– ललितपुरबाट दूधे बालकको उपचार गराउन आएकी एक महिलाले भनिन् ।  

अस्पतालको रुप नै बिग्रिन थाल्यो

आर्थिक अभावका कारण अस्पतालको सरसफाई, लुक्स लगायतमा समेत प्रभाव परेको प्रष्ट देख्न सकिन्छ ।  

आर्थिक संकट हुँदा अमेरिकामा ट्वाइलेट पेपरको हाहाकार मच्चिने कथा त सुनिएकै हो, मेडिसिटीमा अहिले ठ्याक्कै त्यस्तै भएको अर्का एक कर्मचारी बताउँछन् । अस्पतालका वासरुमहरु पहिलाजस्तो निट एण्ड क्लिन हुन छाडेको छ । ‘ट्वाइलेट पेपर हटाउन र नर्मल ह्याण्डवास मात्र राख्न माथिको निर्देशन छ ।’ एक सफाई कर्मचारीले भनिन्–‘पहिलाजस्तो सफा गर्ने सामान नै दिन छाडे ।’  

मेन्टेनेन्सको अभावमा कुरुप बनेको भवनको बाहिरी लुक्स ।

यो अस्पतालको मुख्य भवनको बाहिरी रंगरोगन नराम्ररी बिग्रिएको पनि महिनौं भइसक्यो । पहिला पहिला बाहिरी रुपमा पनि फोकस गरी चिटिक्क बनाउने अस्पताल व्यवस्थापनले आर्थिक अभावकै कारण भवनको बिग्रिएको रुपमा रंगरोगन गर्न नसकेको कर्मचारीहरु दाबी गर्छन् ।

अझ उनीहरुको दाबीलाई मान्ने हो भने पहिला–पहिला निःशुल्क गरिएको पार्किङको शुल्क समेत उठाउन थालिएको छ । यसको पछाडि कारण पनि आर्थिक अभाव नै रहेको उनीहरु दाबी गर्छन् ।  

अस्पतालको पछिल्लो भद्रगोल अवस्था र आर्थिक संकटको विषयमा कुराकानी गर्न उपेन्द्र महतोलाई सम्पर्क गर्दा कुराकानी गर्न तयार भएनन् । अस्पतालका महाप्रबन्धक विजय रिमालसँग कुराकानी गर्न समय मागियो, उनले ‘केहीबेरपछि खबर गर्छु’ भने पनि पछि सम्पर्कमा आएनन् ।

यसअघि प्रकाशित सम्बन्धित समाचार :

गम्भीर आर्थिक संकटमा फस्यो नेपाल मेडिसिटी अस्पताल, राम्रा चिकित्सक बाहिरिँदै

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.