काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १५४.६२ रुपैयाँ र बिक्रीदर १५३.३० रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.१८ रुपैयाँ र बिक्रीदर १८४.९९ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०३ रुपैयाँ र बिक्रीदर ४४५.९९ रुपैयाँ कायम भएको छ ।