यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४२.८४ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६५.११ रुपैयाँ र बिक्रीदर १६५.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.६७ रुपैयाँ र बिक्रीदर १८९.४६ रुपैयाँ कायम भएको छ ।

