काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.०४ रुपैयाँ र बिक्रीदर १३५.६४ रुपैयाँ कायम भएको छ ।
एक यूरोको खरिददर आज १५३.१३ रुपैयाँ र बिक्रीदर १५३.८१ रुपैयाँ कायम छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.५५ रुपैयाँ र बिक्रीदर १८०.३५ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५७ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.६९ रुपैयाँ र बिक्रीदर ३१.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०५ रुपैयाँ र बिक्रीदर ३७.२१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.३४ रुपैयाँ र बिक्रीदर ४४२.३० रुपैयाँ कायम भएको छ ।