काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६५.४९ रुपैयाँ र बिक्रीदर १६६.१९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९०.३६ रुपैयाँ र बिक्रीदर १९१.१७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.५० रुपैयाँ र बिक्रीदर ९३.९० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८९ रुपैयाँ र बिक्रीदर ३९.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६३.८७ रुपैयाँ र बिक्रीदर ४६५.८४ रुपैयाँ कायम भएको छ ।