काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.४९ रुपैयाँ र बिक्रीदर १६०.१८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७.८२ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४२ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४२ रुपैयाँ र बिक्रीदर ३२.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.३४ रुपैयाँ र बिक्रीदर ४५१.३० रुपैयाँ कायम भएको छ ।