काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.११ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.३६ रुपैयाँ र बिक्रीदर १६०.०५ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.९१ रुपैयाँ र बिक्रीदर १८७.७३ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३८ रुपैयाँ र बिक्रीदर ३७.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१४ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३४ रुपैयाँ र बिक्रीदर ३२.४९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.९६ रुपैयाँ र बिक्रीदर ४५०.९२ रुपैयाँ कायम भएको छ ।