काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.८४ रुपैयाँ र बिक्रीदर १३६.४४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १५४.५९ रुपैयाँ र बिक्रीदर १५५ .२७ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.१९ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९८ रुपैयाँ र बिक्रीदर ३७.१५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२० रुपैयाँ र बिक्रीदर ३२.३४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२७ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९२ रुपैयाँ र बिक्रीदर ९.९६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.२४ रुपैयाँ र बिक्रीदर ४४५.२० रुपैयाँ कायम भएको छ ।