काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १६४.६६ रुपैयाँ र बिक्रीदर १६५.३६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १८९.९२ रुपैयाँ र बिक्रीदर १९०.७३ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.३६ रुपैयाँ र बिक्रीदर ३३.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६७ रुपैयाँ र बिक्रीदर ३८.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.०१ रुपैयाँ र बिक्रीदर ४६२.९७ रुपैयाँ कायम भएको छ ।