काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा साढे ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, श्री हरि सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, आज उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने भिजन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरम नासा सेक्युरिटिज रहेको छ। उक्त ब्रोकरबाट आज ६७ करोड ७५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.५२ प्रतिशत सेयर खरिद भएको छ भने ४३.४८ प्रतिशत सेयर बिक्री भएको छ ।
