काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको सेयरमूल्य समायोजन भएको हो ।
प्रभु महालक्ष्मी फाइफको बोनस सेयरका लागि र एशियन लाइफको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५१२.५८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ५५३.५९ रुपैयाँ कायम थियो ।
कम्पनीले गत आवका लागि ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५२०.०३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९६.४४ रुपैयाँ थियो । कम्पनीले जारी गर्न लागेको ४२ प्रतिशत हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।