काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेटमा बाली तथा पशुपन्छी बीमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।
साथै आव २०८२/८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने अर्थमन्त्री पौडेलले बताए ।
आगामी आवमा सरकारले बाली तथा पशुपन्छी बीमाको अनुदानका लागि २ अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गरेपछि निर्जीवन बीमकहरुले बाली तथा पशुपन्छी बीमालेख उल्लेख्य जारी गर्न सक्ने देखिएको छ ।