काठमाण्डौ । सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघिय संसदमा आगामी आवको बजेट पेश गर्दै नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए ।
उनले ‘नेपालबाट विदेशमा बिक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइने बताए । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने उनले बताए ।
यद्यपी विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।