काठमाण्डौ । सरकारले पेट्रोलमा बायो इथानोल मिसाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै पेट्रोलियम पदार्थमा बायो इथानोल मिसाइने बताएका हुन् ।
यस्तै उनले अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा निर्माण, सिलिगुडी चारआली पाइपलाइन तथा भण्डारणको निर्माण पनि सुरु गरिने बताए ।