काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत पूँजीततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको छ ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ ।
यो अनुमान चालु आर्थिक वर्षको बजेट भन्दा ५.६ प्रतिशतले बढी र संसोधित अनुमानको तुलनामा १८.२ प्रतिशत हो । बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने छ ।
यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ ।