सोमबार, जेष्ठ ४,२०८३ 11:01:02
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:01:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमकहरुको पोलिसी सरेण्डर तथ्यांक लुकाउँदै प्राधिकरण, होला त कन्ट्रोल ?

Laxmi Sunrise Bank Limited
बीमकहरुको पोलिसी सरेण्डर तथ्यांक लुकाउँदै प्राधिकरण, होला त कन्ट्रोल ?
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डरदर बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले तथ्यांक लुकाउन थालेको छ । जीवन बीमकहरुमा मासिक अर्बौ रकम बीमालेख त्यागमार्फत बाहिरिँदै गएपछि त्यसको रोकथाम गर्न प्राधिकरणले बीमकहरुको तथ्यांक गोप्य राख्न थालेको हो ।  

तर प्राधिकरणले सरदरको तथ्यांक भने सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुबाट कुल ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । चैत मसान्तसम्म १४ जीवन बीमा कम्पनीका ८० हजार १८७ बीमितले पोलिसी त्याग गरेका छन् ।  

तेस्रो त्रैमाससम्म पोलिसी सरेण्डर भएको रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.५९ प्रतिशत बढी हो । प्राधिकरणका अनुसार गत आवको तेस्रो त्रैमाससम्म ८१ हजार १३६ बीमितले ९ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ बराबारको पोलिसी त्याग गरेका थिए ।  

Bizshala
New Office
CG Motors

योसँगै जीवन बीमा कम्पनीहरुमा बीमितले तोकिएको समयमा पोलिसी नवीकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ ।  

पोलिसी सरेण्डरमार्फत् मासिकरुपमा अर्बौ रकम बाहिँरिदै गएपछि तथ्याङ्क सार्वजनिक गर्दा बीमितहरुलाई झनै प्रोत्साहन मिल्न सक्ने प्राधिकरणको भनाई छ । जीवन बीमा कम्पनीहरुले नै कम्पनीहरुको छुट्टाछुट्टै सरेण्डर डाटा नदेखाउन अनुरोध गरेबमोजिम एकमुष्ठ विवरण मात्रै सार्वजनिक गरिएको प्राधिकरणका एक अधिकारीले बताए ।  

‘जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या मासिक बढ्दै गएको देखिन्छ, यसरी बीमकहरुको सरेण्डर तथ्यांक बाहिर आउँदा बीमितहरुलाई झनै प्रोत्साहन मिलेको जस्तो भयो’ ती अधिकारीले भने, ‘बीमकहरुले नै तथ्यांक सार्वजनिक नगर्न अनुरोध गरेबमोजिम हामीले एग्रिगेटमा मात्रै विवरण निकालेका हौं ।’

साथै यता जीवन बीमा कम्पनीका अधिकारीहरु भने आर्थिक अवस्था संकुचित हुँदै गएपछि त्यसको प्रभाव जीवन बीमा कम्पनीहरुमा देखिएको बताउँछन् । बीमा गरेको रकम डिपोजिट गरेजस्तै भएकाले बीमितले आवश्यकता पर्दा पोलिसी नै सरेण्डर गर्ने गरेको एक बीमा कम्पनीका सीइओले बताए ।  

साथै बीमितहरुमा पनि पोलिसी सरेण्डर गर्दा आफैंलाई त्यसको घाटा हुने कुराको ज्ञान नहुँदा जीवन बीमा कम्पनीहरुमा यस्तो दर बढ्दै गएको उनको भनाई छ ।  

बीमितहरुमा अवधि परिपक्व नहुँदै बीमालेख त्याग गर्ने प्रवृत्ति बढ्दा जीवन बीमा क्षेत्रमा नराम्रो धक्मा पुगेको छ ।  

बीमा प्राधिकरणका अनुसार बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी त्याग वा बन्द गर्न पाइने व्यवस्था छ । बीमितहरुले १० वर्ष वा सो भन्दा बढी अवधिका लागि बीमा गरेपनि तीन वर्षपछि अवधि परिपक्व नहुँदै पोलिसी सरेण्डर गर्ने प्रवृत्तिले सिँगो जीवन बीमा क्षेत्रलाई नकारात्मक असर पारेको छ । साथै पोलिसी सरेण्डरले बीमकसँगै बीमित स्वयम्लाई पनि घाटा हुने देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

डेटा लुकाएर होला त कन्ट्रोल ?  

प्राधिकरणले बीमालेख सरेण्डरको तथ्यांक लुकाएर यसको समाधान हुनेमा कुनै औचित्य देखिदैन । बीमा ऐन बमोजिम नै बीमितहरुले बीमा गरेको ३ वर्षपछि बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था छ ।  

देशको अर्थतन्त्रमा सुधार देखिएपनि अझैपनि रोजगारीको सिर्जना अवसर सिर्जना हुन सकेको छैन । व्यवसाय भनेजस्तो फस्टाउन सकेको छैन । यस्तो अवस्थाले बीमा कम्पनीहरुमा सरेण्डरदर बढ्न सक्ने देखिन्छ ।  

पोलिसी त्याग गर्नेको संख्या कम गर्न वा यस्तो दर घटाउन नेपाल बीमा प्राधिकरण र बीमहरुले समय–सयममा बीमा सम्बन्धी साक्षरता कार्यक्रमहरु आयोजना गर्नुपर्ने देखिन्छ । साथै बीमा अभिकर्ताहरुलाई पनि समय–समयमा तालिमको व्यवस्था हुनुपर्दछ । अभिकर्ताहरुले बीमितलाई राम्रोसँग नबुझाई बीमा गराउँदा बीचमा निरन्तरता दिन नसक्दा कतिपय पोलिसी त्याग भएका छन् ।  

नबुझिकनै बढी प्रिमियमको पोलिसी किन्ने प्रवृत्तिले पछि त्यसलाई निरन्तरता दिन नसक्दा पोलिसी नै त्याग हुने सम्भावना बढी हुन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.