काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । संस्थाको १ लाख ४५ हजार ९३५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।
यो सेयर अब दोस्रो बजारबाट कारोबार गर्न मिल्नेछ । संस्थाको कुल सूचीकृत सेयर संख्या १७ लाख ८ हजार ५० कित्ता रहेको छ ।