काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले असार ३ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।
यसअघि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।