काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा डिम्याट खातावालाको संख्या ६८ लाख २ हजार ८३ पुगेको छ । धितोपत्र बोर्डले मल्टिपल डीपी अघि बढाउँदै गर्दा डीपीको संख्या ६८ लाख नाघेको हो ।
हाल एक व्यक्तिले २ वटासम्म डीपी लिन सक्छन् । तर ब्रोकरहरुले लगानीकर्ताहरुले कारोबारमा छलछाम गरेको भन्दै मल्टिपल डीपी माग गरेका छन् । यदि मल्टिपल डीपी आएको खण्डमा डीपी होल्डरको संख्या १ करोड माथि हुने निश्चित छ ।
त्यसैगरि, मेरो सेयर लिनेको संख्या पनि ५८ लाख ६६ हजार ३०९ जना पुगेका छन् । तर मेरो सेयर लिनेको सक्रिय लगानीकर्ताहरुको संख्या भने ४० लाख ९० हजार २७३ रहेको छ । यस्तै सी–आस्वा लिनेको संख्या ११७ वटा र ४६ वटा म्युचुअल फण्ड रहेका छन् ।