शुक्रबार, असार १९,२०८३ 01:45:09
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:45:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जलविद्युत क्षेत्रमा एक वर्ष पछिकै उच्च कारोबार, के हो कारण ?

Laxmi Sunrise Bank Limited
जलविद्युत क्षेत्रमा एक वर्ष पछिकै उच्च कारोबार, के हो कारण ?

काठमाण्डौ । आज नेप्सेमा कुल १२ अर्ब ५१ करोडको सेयर कारोबार भयो । समूहगत रुपमा हेर्दा आज जलविद्युत क्षेत्रमा सर्वाधिक कारोबार भएको छ । जलविद्युत क्षेत्रको मात्रै आज ८ अर्ब २८ करोडबराबरको सेयर कारोबार भएको छ । यो भनेको कुल कारोबारको ६७ प्रतिशत हुन आउछ ।  

आज जलविद्युत क्षेत्रमा भएको कारोबार पछिल्लो एक वर्षकै उच्च हो । २०८१ भदौ २ गते हाईड्रो समूहमा ८ अर्ब ७० करोडको सेयर कारोबार भएको थियो । त्यसपछि आज उच्च सेयर कारोबार भएको हो । आज उच्च कारोबार हुने शीर्ष १० कम्पनीहरुमा ९ वटा जलविद्युत कम्पनी रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

एकाएक जलविद्युत क्षेत्रमा किन उच्च कारोबार आयो ? लगानीकर्ताहरुको आकर्षण किन यो क्षेत्रमा बढी देखियो त ? लगानीकर्ता टेकेन्द्र थपलिया भन्छन् ‘जलविद्युत कम्पनीहरुको यस वर्षको त्रैमासिक प्रतिवेदन पनि राम्रै छ । जलविद्युत कम्पनीले लाभांश दिने सम्भावना अन्य क्षेत्रका कम्पनीभन्दा अधिक पनि रहन्छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, अर्का लगानीकर्ता सुनिल न्यौपानले अन्य क्षेत्रमा भन्दा जलविद्युत क्षेत्रको लगानी सूरक्षित हुने भएकाले लगानीकर्ता यस क्षेत्रतर्फ आकर्षित भएको हुनसक्ने बताए । ‘यस क्षेत्रमा लगानी विविधिकरण हुँदै अन्य सब–प्रोजेक्टहरु पनि बनेका छन् । यसले गर्दा लगानीकर्ताहरुको लगानी सुरक्षित रहेको छ । प्रतिफलको हिसाबले पनि अन्य क्षेत्रमा भन्दा जलविद्युत क्षेत्रमा बढी नै रहेको कारण पनि लगानीकर्ताहरुको आकर्षण यस क्षेत्रप्रति बढेको हुनसक्छ,’ उनले भने ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.