आईतवार, जेष्ठ ३,२०८३ 08:45:39
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:45:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री असन्तुष्ट, ‘समस्या भए ल्याउनुस्, समाधान गर्छु’

Laxmi Sunrise Bank Limited
पूँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री असन्तुष्ट, ‘समस्या भए ल्याउनुस्, समाधान गर्छु’
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै समस्या परेका विषय लिएर आए समाधान गर्ने बताएका छन् । मन्त्रालयअन्तर्गत मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गरे ।

‘अहिलेसम्म पूँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन,’ उनले भने, ‘यो गम्भीर प्रश्न हो ।’

Bizshala
New Office
CG Motors

‘विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालहरुको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो,’ उनले भने, ‘पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ ।’ मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए ।

कर्मचारीहरुको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक देखिन्छ, उनले भने, नीतिगत सुधार आवश्यक भए हामी तयार छौं ।

नागरिकको सरकारी अस्पतालमा विस्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको तर कर्मचारीबाट साथ खोजेको बताए ।

Garima Development Bank
Shivam Cement
IME remit

अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीहरसँग आग्रह गरे ।

मन्त्री पौडेलले सरकारी कर्मचारीहरुसहित संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिन समेत आग्रह गरे । ‘अहिले स्वास्थ्य बीमामा श्रोत अभाव छ,’ उनले भने, ‘सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराएमा ४० अर्बसम्म जम्मा हुन सक्छ । यसको कार्यान्वयनमा तपाईंहरुले साथ दिनुहोला ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.