मंगलवार, असार ३,२०८२ 10:47:36
  • मंगलवार, असार ३,२०८२ 10:47:36
Global IME Bank Limited

सन नेपाल लाइफको हकप्रदमा ९२.८१% आवेदन, २ लाख कित्ता सेयर लिलामीमा आउने

Hyundai Nepal
सन नेपाल लाइफको हकप्रदमा ९२.८१% आवेदन, २ लाख कित्ता सेयर लिलामीमा आउने
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा अन्तिम दिनसम्म ९२.८१ प्रतिशत सेयरका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज अन्तिमदिनसम्म कम्पनीको हकप्रदमा ३ लाख ९२ हजार ६०८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

कम्पनीको हकप्रदमा २९ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको २९ लाख ७८ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । यसर्थ कम्पनीको हकप्रदमा सेयरमा ९२.८१ प्रतिशत आवेदन परेको छ । अझैपनि ७.१९ प्रतिशत सेयर भने बिक्री भएको छैन ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल २ लाख ३० हजार ५४६ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन । यसर्थ उक्त अविततरित हकप्रद सेयर अब कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ ।  

कम्पनीले गत वैशाख ३० गतेदेखि हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु.१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको हो ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.