बिहीबार, असार ५,२०८२ 01:09:35
  • बिहीबार, असार ५,२०८२ 01:09:35
Global IME Bank Limited

एलआईसी नेपालले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
एलआईसी नेपालले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा यही असार ३० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ ।  

सभामा सेयरधनीहरुलाई प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश पारित गरिनेछ । यस्तै बोनस सेयर जारीपश्चात कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा सर्वसाधारण सेयरधनी समूह ख बाट १ जना सञ्चालकको निर्वाचन गर्ने र संस्थापक सेयरधनी समूहबाट नियुक्त सञ्चालकहरुको नियुक्तीलाई अनुमोदन गरिनेछ ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.