काठमाण्डौ । जापानको कार निर्माता कम्पनी टोयोटा मोटरले अमेरिकामा बिक्री गर्दै आएको केही सवारी साधनको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले आगामी जुलाई महिनादेखि औषतमा २७० डलरले मूल्य बढाउने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सवारी साधन र अटो पाट्समा २५ प्रतिशत ट्यारिफको व्यवस्था गरेसँगै टोयोटाले यस्तो निर्णय गरेको हो । तर टोयोटाका प्रवक्ताले ट्यारिफकै कारण मूल्य वृद्धि गरिएको विषयलाई नकारेका छन् ।
‘हालैको मूल्यवृद्धि गर्ने योजना हाम्रो नियमित मूल्य पुनरावलोकनको एक हिस्सा हो,’ टोयोटाका प्रवक्ता नोबु सुनागाले बताए ।
टोयोटाको लक्जरी लेक्सस मोडलको औषत मूल्य २०८ डलरले बढाइएको उनले बताए ।