काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले लरेन सान्चेजसँग विवाह गर्ने भएका छन् । उनीहरुको विवाह शुक्रबार इटालीको भेनिस सहरमा हुनेछ । विवाह समारोहका लागि दुवै जना बुधबार नै इटाली पुगेका थिए ।
उनीहरुको विवाह समारोह निकै भव्य हुने भएको छ । यसको लागत लगभग १० मिलियन डलर खर्च हुने जनाइएको छ। तर, धेरै सञ्चारमाध्यममा यो खर्च ५६ मिलियन डलरसम्म रहेको बताइएको छ ।
लरेन सान्चेज ५५ वर्षकी छन् भने जेफ बेजोस ६१ वर्षका छन् । विवाह समारोह जुन २६ देखि २८ सम्म तीन दिनसम्म चल्ने अनुमान गरिएको छ। जेफ बेजोस २३३ अर्ब डलरको सम्पत्तिसहित विश्वका तेस्रो धनी व्यक्ति हुन्।