काठमाण्डौ । मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा मेटाको सेयरमूल्य बढेर प्रतिकित्ता ७४७.९० डलर पुगेको छ । जुन हालसम्मकै उच्च हो ।
कम्पनीले नयाँ सुपरइन्टिलिजेन्स ग्रुप बनाउने घोषणा गरेसँगै मेटाको सेयरमूल्यले अल टाइम हाईको रेकर्ड बनाएको हो । यसअघि भने गत फेब्रुअरी महिनामा मेटाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको थियो ।
यसअघि माइक्रोसफ्ट र एनभिडिया जस्ता टेक कम्पनीहरुको सेयरमूल्य पनि हालसम्मकै उच्च कायम भएका थिए । तर सोमबारको कारोबारमा भने यी कम्पनीहरुको सेयरमूल्य अल टाइम हाईभन्दा कम कायम भएका छन् ।