काठमाण्डौ । नेपालको अग्रेणी प्रविधि ब्रान्ड सामसुङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन् ।
जसले प्रिमियम फिचरहरू जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी)र ग्यालेक्सी एआईको इन्टर प्रिटर मात्र रु ७ हजार ३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसुङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ।
ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इम्प्रेसिभ साउन्ड तथा शक्तिशाली ब्यास प्रदान गर्दछ। एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्लाभएको ठाउँमा पनि स्पष्ट सँगकुरागर्न सक्छन्। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङ टिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ। ग्यालेक्सी एआई इन्टरप्रिटर – कानमा रियल–टाइम अनुवाद यसको प्रमुख फिचरहरू मध्ये एक हो ।
ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ। यसको मूल्य ७ हजार ३९९ रुपैयाँ रहेको छ । यो कालो र सेतो रंगमा उपलब्ध छ ।