बुधबार, असार २५,२०८२ 08:54:09
  • बुधबार, असार २५,२०८२ 08:54:09
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गर्ने बढ्दै, ४२.८२% ले बढ्यो सेयर धितो कर्जा

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयरमा लगानी गर्ने बढ्दै, ४२.८२% ले बढ्यो सेयर धितो कर्जा
Shivam Cement

काठमाण्डौ । लगानीकर्ताहरुले आफ्नो स्वामित्वमा रहेको सेयर धितो राखेर १ खर्ब भन्दा बढीको कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा बैंक वित्तीय संस्थाबाट १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

यस्तो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ४७।७१ प्रतिशतले बृृद्धि भएको छ । गत आवको ११ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट ८७ अर्ब ११ करोड २७ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत आवको अन्त्यसम्ममा भने लगानीकर्ताहरुले बैंक र फाइनान्स कम्पनीहरुबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका थिए । यस हिसाबमा ११ महिनासम्ममा यस्तो कर्जा ४२.८२ प्रतिशतले बृद्धि भएको छ ।  

राष्ट्र बैंकका अनुसार ११ महिनासम्ममा एक करोड रुपैयाँ भन्दा बढीको ८८ अर्ब ४२ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएको छ । यस्तो प्रकारको कर्जा ११ महिनासम्ममा ५८.०९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको १५ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यस्तो कर्जा जेठ मसान्तसम्ममा २३.११ प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कर्जामा १२ अर्ब ४२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।  

यसका साथै २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जामा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ भने २५ लाख भन्दा थोरै कर्जामा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.