आईतवार, जेष्ठ ३,२०८३ 06:36:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:36:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वाणिज्य बैंकहरुको मुनाफा ५% ले घट्यो, ९ बैंकको नाफामा सुधार

Laxmi Sunrise Bank Limited
वाणिज्य बैंकहरुको मुनाफा ५% ले घट्यो, ९ बैंकको नाफामा सुधार
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफा ४.९७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा ९ वटा बैंकको मुनाफा गत आवको तुलनामा बृद्धि भएको छ भने ११ बैंकको नाफा घट्न पुगेको छ ।  

Bizshala
New Office
CG Motors

११ महिनासम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । यो बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा नाफा कमाउने बैंक बनेको छ । बैंकको नाफा १।१० प्रतिशतले मात्रै बृद्धि भएको छ ।  

त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड, एभरेष्टले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड, एनएमबीले ३ अर्ब ३ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ७२ करोड, लक्ष्मी सनराइजले २ अर्ब ५७ करोड, प्रभु बैंकले २ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड र सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ ।  

यसका साथै कृषि विकास बैंकले १ अर्ब ८१ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआइसी एशियाले ८२ करोड ९७ लाख र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।  

सो अवधिसम्म सबैभन्दा बढी नाफा बढाउने बैंकमा नेपाल बैंक रहेको छ । बैंकले १८५.२७ प्रतिशतले नाफा बृद्धि गरेको छ । यता सबैभन्दा नाफा घट्ने बैंकमा भने कुमारी बैंक रहेको छ । बैंकको नाफा ७७.८४ प्रतिशतले घटेको छ ।

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.