सोमबार, असार ३०,२०८२ 11:59:13
  • सोमबार, असार ३०,२०८२ 11:59:13
Global IME Bank Limited

फाइनान्स कम्पनीहरुको मुनाफामा सुधार, नाफामा उक्लिएका ९ कम्पनीले कमाए रु.७९.४८ करोड

Hyundai Nepal
फाइनान्स कम्पनीहरुको मुनाफामा सुधार, नाफामा उक्लिएका ९ कम्पनीले कमाए रु.७९.४८ करोड
Shivam Cement

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा ३५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले २७ करोड ६८ लाख रुपैयाँ सम्रगमा घाटा ब्यहोरेका थिए । यस अवधिसम्म आइपुग्दा ९ वटा फाइनान्स कम्पनी नाफामा उक्लिएका छन् भने ६ वटा अझै घाटामै देखिएका छन् । गत आवको सोही अवधिसम्म भने ८ वटा कम्पनीहरु घाटामा रहेको थिए ।  

नाफामा रहेका ९ कम्पनीमध्ये पनि ८ वटाको नाफा गत आवको तुलनामा वृद्धि भएको छ भने गुडविल फाइनान्सको मात्रै नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।  

Muktinath Bikas Bank Limited

सो अवधिसम्म नाफामा रहेका ९ वटा फाइनान्स कम्पनीले मात्रै ७९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् । सबैभन्दा बढी मन्जुश्री फाइनान्सले २४ करोड ४३ लाख, आइसीएफसी फाइनान्सले २४ करोड ७ लाख, प्रोग्रेसिभ फाइनान्सले ९ करोड ५६ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ५ करोड ६७ लाख, गुहेश्वरी मर्चेन्ट बैंकले ५ करोड ५० लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ४६ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ८० लाख, नेपाल फाइनान्सले २ करोड १८ लाख र गुडविल फाइनान्सले १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

साथै सो अवधिसम्म घाटा ब्यहोरेका ६ वटा फाइनान्स कम्पनीले भने कुल ४४ करोड ३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । सबैभन्दा धेरै घाटा ब्यहोर्ने कम्पनीमा रिलायन्स फाइनान्स रहेको छ । कम्पनीले २२ करोड ७६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, जानकी फाइनान्सले ९ करोड ७० लाख, बेष्ट फाइनान्सले ६ करोड ८५ लाख, समृद्धि फाइनान्सले ३ करोड २२ लाख, पोखरा फाइनान्सलेल ८२ लाख र गोर्खाज फाइनान्सले ६५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउने कम्पनीमा नेपाल फाइनान्स रहेको छ । कम्पनीले ६८५.९७ प्रतिशतले नाफा बृद्धि गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.