काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि व्यक्ति, कम्पनी वा संस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको दिल्ली बजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । यसअघि गत जेठ २३ गते ३५ दिने सूचना जारी गरी कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।