काठमाण्डौ । सन् २०२५ को दोस्रो त्रैमासमा अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको बिक्री १३.५ प्रतिशतले घटेको छ । यो गिरावट कुनैपनि त्रैमासमा घटेको हालसम्मकै उच्च हो ।
यस्तै यो लगातार दोस्रो त्रैमासिक गिरावट समेत हो । यसअघि सन् २०२४ अघि टेस्लाको इतिहासमा केवल एक पटकमात्रै वार्षिक रुपमा कम्पनीको बिक्री घटेको थियो ।
पहिलो त्रैमासमा पनि कम्पनीको आम्दानीमा ७१ प्रतिशतको गिरावट आएको थियो । हाल कम्पनीको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक भईसकेको भने छैन ।
तर विश्लेषकहरुले यो अवधिमा कम्पनीको खुद आम्दानी ३५० मिलियन डलर अर्थात २४ प्रतिशतले घटेको हुनसक्ने आँकलन गरेका छन् । यस्तो गिरावटले कम्पनीलाई छोटो समयका लागि मात्रै नभई दीर्घकालीन चुनौती पेश गरिरहेको विज्ञहरुले बताएका छन् ।
जसले गर्दा टेस्लाको सेयरमूल्य र लगानीकर्ताको विश्वास घट्दै गएको छ । यस कम्पनीको नाफा घट्नुको मुख्य कारण मूल्य कटौती र चिनियाँ र अन्य कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धा साथै अमेरिकी र यूरोपमा ईभी गाडीको माग घट्दै जानु हो ।