सोमबार, जेष्ठ ४,२०८३ 02:55:26
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:55:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एस बैंकको ३ हजार करोड भारु ठगीको विषयमा अनिल अम्बानीको ३५ बढी ठेगानमा छापा

Laxmi Sunrise Bank Limited
एस बैंकको ३ हजार करोड भारु ठगीको विषयमा अनिल अम्बानीको ३५ बढी ठेगानमा छापा
Shivam Cement

काठमाण्डौ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले अनिल अम्बानीको रिलायन्स समूहसँग जोडिएका ३५ भन्दा बढी स्थान र ५० कम्पनीमा छापा मारेको छ । एस बैंकबाट लिएको ३ हजार करोड भारु ऋण ठगीको विषयमा आजईडीले दिल्ली र मुम्बईमा रहेको अनिल अम्बानीको ठेगानामा छापा मारेको हो ।  

समाचार एजेन्सी पीटीआईका अनुसार सीबीआईले दर्ता गरेको दुई एफआईआर र सेबी, नेशनल हाउसिङ बैंक, बैंक अफ बडोदा र नेशनल फाइनान्सियल रिपोर्टिङ अथोरिटी (एनएफआरए) जस्ता एजेन्सीहरूबाट प्राप्त जानकारीको आधारमा यो कारबाही गरिएको हो।

Bizshala
New Office
CG Motors

कुनै बेला भारतको धनाढ्यको सूचीमा गनिने अम्बानीका धेरै कम्पनीहरू अहिले टाट पल्टिएको अवस्थाबाट गुज्रिरहेका छन् । हालै एसबीआईले आफ्नो कम्पनी रिलायन्स कम्युनिकेसन्स र अनिल अम्बानीलाई ठगी घोषित गरेको थियो ।  

यो मुद्दा सन् २०१७ देखि २०१९ को बीचमा अनिल अम्बानीसँग सम्बन्धित रिलायन्स समूहका कम्पनीहरूलाई एस बैंकले दिएको लगभग ३ हजार करोड भारुबराबरको ऋणसँग सम्बन्धित छ। ईडीको प्रारम्भिक अनुसन्धानले यी ऋणहरू कथित रूपमा शेल कम्पनीहरू र समूहका अन्य एकाइहरूमा फर्काइएको खुलासा गरेको छ । एस बैंकका वरिष्ठ अधिकारीहरूले घूस लिएको हुनसक्ने पनि अनुसन्धानले देखाएको छ ।  

ईडी सुनियोजित योजना भएको र यसअन्तर्गत बैंकहरू, सेयरधारकहरू, लगानीकर्ताहरू र अन्य सार्वजनिक संस्थाहरूलाई गलत जानकारी दिएर पैसा हिनामिना गरिएको जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.