• मंगलवार, श्रावण २७,२०८२ 10:27:41
Global IME Bank Limited

चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन

Hyundai Nepal
चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन
Shivam Cement

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै कम्पनीले ८५ करोड ८५ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८४ करोड ६३ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिमा १३ करोड ४० लाख वित्त आम्दानी र ३ करोड ४३ लाख अन्य आम्दानी गरेको छ ।  

कम्पनीको प्रत्यक्ष खर्च १३ करोड १७ लाख, रोयल्टी खर्च १३ करोड ४६ लाख, कर्मचारी खर्च ३ करोड १८ लाख, प्रशासनिक खर्च २ करोड ८९ लाख र ह्रासकट्टी खर्च ८ करोड ७६ लाख रहेको छ ।  

८ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ८४ करोड रुपैयाँ र कुल चालु दायित्व १२ करोड १८ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३५.०९ रुपैयाँ, तरलता अनुपात २३.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ६०.७० गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.