काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा १९१.३५ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म ३८ करोड ९६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम १३ करोड ३७ लाख मात्रै थियो ।
कम्पनीको खुद आम्दानी पनि ३३.९६ प्रतिशतले बढेर ९९ करोड ४४ लाख पुगेको छ । यो अवधिमा कम्पनीले ५२ लाख ४० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । प्रशासनिक खर्च २ करोड ४० लाखबाट बढेर ५ करोड ९० लाख पुगेको कम्पनीको वित्त खर्च भने ६२ करोड ३ लाखबाट घटेर ५३ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ ।
यस्तै कम्पनीको रिटेन्ड अर्निङ समेत ३५ करोड १७ लाखबाट बढेर ४१ करोड २४ लाख पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड र कुल चालु दायित्व ५३ करोड २३ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.५५ गुणा र तरलता अनुपात २ प्रतिशत कायम भएको छ ।