काठमाण्डौ । नेपाल बैंक लिमिटेडको खुद नाफा १३१७५.८९ प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकले जम्मा २ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिदा नाफा बढ्न पुगेको हो ।
अघिल्लो आवमा ८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत आवमा १६.८२ प्रतिशत बढाएर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै बैंकको कमिसन आम्दानी पनि ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको भने सिडि रेसियो ७०.७२ प्रतिशत, कस्ट अफ फण्ड ३.७४ प्रतिशत, बेस रेट ५.५८ प्रतिशत र स्प्रेड दर ३.९० प्रतिशत रहेको छ ।
बैंकको लाभांश क्षमता भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । यसर्थ लाभांश क्षमता समेत ३.०६ प्रतिशत ऋणात्मक नै रहेको छ । बैंकको इपीएस ०.१९ रुपैयाँबाट बढेर २५.६८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ, पीई रेसियो ११.३५ गुणा, तरलता ३८.३३ प्रतिशत र आरओए १.०२ प्रतिशत रहेको छ ।