काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रेमाससम्म ५७ लाख ८९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १६ करोड ६० लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले ६८ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.५५ प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २६ करोड ३४ लाख रुपैयाँ र वित्त खर्च ४२ करोड २८ लाख रहेको छ
।
कम्पनीको रिटेन्ड अर्निङ ४५ करोड ४ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार २६ लाख १५ हजार रुपैयाँले धनात्मक छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७१.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०९१.८० गुणा र तरलता अनुपात ०.३८ प्रतिशत कायम भएको छ ।