IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 04:48:51
IME remit
Global IME Bank Limited

वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावरको नाफा १०९% ले बढ्यो

Hyundai Nepal
वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावरको नाफा १०९% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७३ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०९.९३ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यद्यपी कम्पनीको आम्दानी भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म १४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म १४ करोड ५२ लाख मात्रै आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड ४० लाख र प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८१ लाख ४१ हजार रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको वित्त खर्च ६ करोड ७७ लाख रुपैयाँबाट घटेर ४ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १५ करोड ९९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५० करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ८९ लाख र कुल चालु दायित्व २ करोड ३६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)३.४० रुपैयाँ,प्रतिसेयर नेटवर्थ ८०.०७ रुपैयाँ, तरलता अनुपात ४.१८ प्रतिशत र मूल्य आम्दानी अनुपात १३१.२२ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.