बुधबार, जेष्ठ ६,२०८३ 02:13:44
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:13:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न

Laxmi Sunrise Bank Limited
राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न
Shivam Cement

काठमाण्डौ। राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ सम्पन्न भएको छ । युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको थियो ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गरेको आयोजक पक्षले जनाएको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार बिहानदेखि सुरु भएको कन्क्लेभमा करिब पाँच हजारभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमशीलता, नेतृत्व र व्यवस्थापन सीप विकासबारे विभिन्न सत्रहरू सञ्चालन भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले राजनीतिक निराशा रहेपनि देशमै गर्न सकिने थुप्रै अवसरहरुबारे उपस्थित युवाहरुको ध्यानाकर्षण गराएका थिए।

Bizshala
New Office
CG Motors

बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै उनले हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताए । बुबाआमाको सबैभन्दा ठूलो सपना भनेको नै छोराछोरी भएको भन्दै उनले भने – ‘बुबाआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन् । तर आफ्नो सन्तानले सधैँ जितोस् भन्ने चहान्छ । फार्दश डे, मदर्श डे एकदिन मनाएर मात्र पुग्दैन । हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ ।’

कार्यक्रममा ‘केवाईसी युथ आइकन’ सम्मान भ्लगर तथा सञ्चारकर्मी सिसन बानियालाई प्रदान गरिएको थियो । बानियालाई अक्षरूपी एक लाख रुपैयाँ सहित सम्मानित गरिएको थियो । डिजिटल मिडिया, चलचित्र निर्माण तथा फोटोग्राफीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएको भन्दै आयोजकले उनको लगनशीलता र प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

त्यस्तै, ‘गेष्ट अफ अनर’ को रुपमा एमएमए खेलाडी रबिन्द्र ढाँटलाई सम्मान गरिएको थियो । ढाँटले हालै भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ मा उपाधि जित्दै पहिलो नेपाली फाइटर बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । उनको यो विजयलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्दै आयोजकले अनुशासन र संघर्षद्वारा सफलता सम्भव हुने सन्देश युवामाझ पुगेको कन्क्लेभका संयोजक राजु टण्डनले बताए।

यसैगरी, नेपाली कला र मनोरञ्जन क्षेत्रमा सक्रिय गायक दुर्गेश थापालाई ‘पर्फर्मर अफ द इयर’ सम्मान प्रदान गरिएको छ । गीत–संगीतमार्फत दर्शकको मन जित्दै नेपाली कला क्षेत्रमा निरन्तर योगदान दिइरहेको भन्दै उनको योगदानको उच्च कदर गरिएको संयोजक टण्डनको भनाई छ ।

‘काठमाण्डौ युथ कन्क्लेभ’ युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको हो । युथ कन्क्लेभमा ख्यातिप्राप्त कलाकार, खेलाडी, लेखक, उद्यमी तथा सरोकारवालाहरूले आफ्ना अनुभव र प्रेरणादायी विचार प्रस्तुत गरेका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X