काठमाण्डौ । हङकङको सेयरबजारमा सूचीकृत चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीको सेयरमूल्यमा उच्च गिरावट आएको छ । घरेलु उद्योगमा आक्रामक मूल्य युद्धका कारण टेस्लाको चिरपरिचित प्रतिस्पिर्धि बीवाईडीको नाफामा गिरावट आएसँगै सेयरमूल्यमा उच्च गिरावट आएको हो ।
कम्पनीले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार जुन त्रैमासमा कम्पनीले ६.३९ बिलियन युआन(८९१ मिलियन डलर)नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३० प्रतिशतले कम हो ।
विदेशमा कम्पनीको बिक्री विस्तार भएतापनि कम्पनीको नाफामा संकुचन देखिएको हो । बढ्दो मूल्य प्रतिस्पर्धा र तीव्र बजारीकरणका कारण अटो उद्योगको विकासमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।
चीनमा विगत २ वर्षको अवधिमा कारको औषत खुद्रा मूल्य करिब १९ प्रतिशतले घट्दै प्रतियुनिट १ लाख ६५ हजार युआनमा झरेको छ ।