आईतवार, जेष्ठ ३,२०८३ 06:20:39
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:20:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाटा ट्राभल मार्ट २०२५ को ‘नेपाल पभेलियन’ मा विशेष आकर्षण

Laxmi Sunrise Bank Limited
पाटा ट्राभल मार्ट २०२५ को ‘नेपाल पभेलियन’ मा विशेष आकर्षण
Shivam Cement

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसंगको सहकार्यमा यही अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको बैंककस्थित क्विन सिरिकिट नेशनल कन्वेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड इभेन्ट — पाटा ट्राभल मार्ट २०२५ मा ‘नेपाल पभेलियन’ मार्फत विशेष आकर्षण, पर्यटन प्रवर्धन र उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरेको छ।

मार्टमा ५० भन्दा बढी गन्तव्यबाट आएका १,००० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए। ३० वटा गन्तव्यका २२५ संस्थाबाट ४०० भन्दा बढी बीक्रेताहरूले सहभागिता जनाए जसमध्ये ५२ प्रतिशत बिक्रेताहरू पहिलो पटक सहभागी भएका थिए। त्यसैगरी, ४१ वटा प्रमुख स्रोत बजारका २१८ संस्थाहरुबाट २२५ क्रेताहरु उपस्थित भएका थिए, जसमा ६५५ ले पहिलो पटक सहभागिता जनाएका हुन्।

बिबिध नेपाली पर्यटकीय उपजहरु सहित स्तूपा–थिममा सुसज्जित ‘नेपाल पाभेलियन’सम्पूर्ण प्रदर्शनीबीच अत्यन्तै आकर्षक र मनमोहक बनेको थियो। यसले अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रदर्शकहरूको ध्यान खिच्दै प्रशंसा प्राप्त गर्‍यो। पर्वतारोहण, पदयात्रा,अध्यात्म, वेलनेस, लक्जरी ट्राभल,समुदाय–आधारित पर्यटन, र अन्य जीवनपरिवर्तनकारी अनुभवहरू लगायत नेपालका विविध पर्यटन आयामहरूको प्रश्तुतीकरणले ‘नेपाल पभेलियन’ एक जीवन्त मन्च बन्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सार्वजनिक–निजी साझेदारीको सफल र सशक्त मोडललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर समेत गरेको छ।

Bizshala
New Office
CG Motors

पाटा ट्राभल मार्ट मार्फत आगामी बर्ष २०२६ जुन २ देखि ४ सम्म काठमाण्डौमा आयोजना हुने नेपालकै प्रमुख अन्तर्राष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट को छैटौँ संस्करणको पनि प्रवर्द्धन गरिएको छ।

उद्घाटन समारोहमा पाटा अन्तर्राष्ट्रिय अध्यक्ष श्री पिटर सेमोनले भने, ‘थाइल्यान्डको जीवन्त सहर बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२५ मा तपाईँहरूलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। यस हप्ता हामी सबै एशिया–प्रशान्त क्षेत्रमा यात्रा र पर्यटनको भविष्यलाई जोड्न,सहकार्य गर्न, र सामूहिक रूपमा आकार दिन एकत्रित भएका छौँ।’

नेपालको सहभागिताबारे प्रतिक्रिया दिँदै पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश सिंह बुडालले भने, ‘हामीले  यो बर्ष पाटा नेपाल च्याप्टर स्थापना (१९७५) देखि नेपालमा सार्वजनिक–निजी साझेदारीको ५० औँ बर्ष बिबिध नबीन एवं रचनात्मक कार्यक्रम सहित मनाईरहेको परिवेशमा छ वर्षपछि पर्यटन बोर्ड सँगै पाटा ट्राभल मार्टमा हाम्रो सहभागिता अत्यन्तै प्रभावकारी र सार्थक बनेको छ । यस पटक, प्रकृति, संस्कृति र साहसिक पर्यटन संगसंगै, वेलनेस, लक्जरी, र समुदाय–आधारित पर्यटन का लागि नेपाललाई लाइफ टाइम एक्सपिरियन्सको गन्तव्यका रूपमा प्रवर्धन गर्नेमा हाम्रो ध्यान केन्द्रित रहेको छ।’

मार्टमा नेपालको सफल सहभागितालाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले भने, ‘पाटा ट्राभल मार्ट २०२५  मा नेपालको सामूहिक उपस्थिति अत्यन्तै प्रभावकारी र फलदायी रह्यो।  मार्टमा नेपाल पर्यटन बोर्ड , पाटा नेपाल च्याप्टर, नेपाल एयरलाइन्स, र निजी क्षेत्रका सहकार्यकारी साझेदारहरूको संयुक्त सहभागिता एवं एकीकृत स्वरले विश्व पर्यटन बजारमा नेपाललाई एक आकर्षक जीवन्त अनुभुतीहरु प्रदान गराउने गन्तब्य तथा वर्षभरिनै  भ्रमण गर्न सकिने एक अद्वितीय हिमाली गन्तव्यका रूपमा शशक्त उपस्थित गरेको छ।’

सहकार्यको प्रशंसा गर्दै, स्काल इन्टरनेशनल नेपालका अध्यक्ष रमेश लुइँटेलले भने, ‘नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टर बीचको उत्कृष्ट समन्वयले नेपाललाई अत्यन्तै आकर्षक र प्रभावकारी रूपमा प्रस्तुत गर्‍यो। बिक्रेताको रुपमा सहभागिता जनाउँदा मैले क्रेताहरुसंगको भेटघाट र अन्तर्क्रियाहरू उत्साहजनक र आशाजनक पाएको छुँ।’  

मार्टको सफल समापन संगै, आगामी बर्ष पाटा ट्राभल मार्ट मलेसियाको सरावाकस्थित बोर्नियो कन्वेन्सन सेन्टर कुचिङमा २०२६ अगस्ट १८ देखि २० सम्म आयोजना हुने भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.