काठमाण्डौ । पछिल्लो समय सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । आजपनि सेयरबजार ३३ अंकले घट्यो । यससँगै बजार लगातार ५ दिन घट्यो । पाँच दिनमा बजारमा करिब ९० अंकको गिरावट आएको छ ।
प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस क्याण्डल बनेको छ । यस्तो क्याण्डलले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजारले आज तल्लो ब्याण्डलाई पनि ब्रेक डाउन गरेको छ ।
यसले बजारमा प्यानिक सेल आएको बुझ्न सकिन्छ । आज ४ घण्टाको कारोबारमा अन्तिम समयमा बजारमा केही खरिद दबाब सहिद उच्च कारोबार पनि देखिएको छ । म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ रहेका छन् ।
आरएसआई आज ओभर सोल्ड जोन ३२ को तहमा पुगेको छ । पिभट् मार्फत नियाल्दा आज २६७२ मा बन्द भएको बजारले आज पहिलो सपोर्टलाई भत्काएको छ । अबको दोस्रो र तेस्रो सपोर्ट क्रमशः २६४८ र २५९५ विन्दुमा लिन सक्छ । त्यसैगरि बढेमा क्रमश ः २७३७ ,२७७३ र २८२७ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।