• बिहीबार, आश्विन २,२०८२ 03:21:12
Global IME Bank Limited

सेयर बजार अझै परिष्कृत बन्ने लगानीकर्ता नानीबाबु खरेलको विश्वास, भन्छन् ‘जेनजी सरकारकै पालामा ६४ सय विन्दुसम्म पुगोस् ’

Hyundai Nepal
सेयर बजार अझै परिष्कृत बन्ने लगानीकर्ता नानीबाबु खरेलको विश्वास, भन्छन् ‘जेनजी सरकारकै पालामा ६४ सय विन्दुसम्म पुगोस् ’
Shivam Cement

काठमाण्डौ । पूँजीबजारका एक सक्रिय लगानीकर्ता हुन्, नानी बाबु खरेल । नेपाल सेयरधनी संघका संस्थापक समेत रहेका खरेल पूँजीबजारमा निकै लामो समय सक्रिय रहेका अनुभवी लगानीकर्ता समेत मानिन्छन् । आज हामीले उनै  खरेलसँग सेयर बजार तथा राजनीतिको पछिल्लो घटनाक्रमसँगको बारेमा उनको धारणा जान्ने प्रयास गरेका छौं ।

पछिल्लो समय जेनजी आन्दोलनका कारण नेपालको राजनीति परिदृश्य बदलिएको छ । लामो समयको बन्द पछि यहि बिहीबारबाट सेयर कारोबार खुल्दै छ ।  

खरेल भन्छन् ‘अहिले जेनजीको आन्दोलन सफलता पूर्वक अवतरण भएको छ । देशको प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमा सक्षम र सकरात्मक व्यक्ति आउनु भएको छ । गभर्नर पनि सकरात्मक नै हुनुहुन्छ । त्यसकारण बजारमा हल्ला चले जसरी उहाँलाई अहिले हटाईहाल्नु पनि आवश्यक छैन ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले थपे ‘राम्रै गभर्नर भएता पनि सेयर बजार घटेको छ । अहिले देशमा युवाको सरकार आएको छ । अब सुतेर बस्ने नियामक निकायलाई भने हटाउनु पर्छ । ’  

उनले एनआरएनलाई पुँजीबजारमा तुरुन्तै भित्राउन सरकारलाई रचनात्मक भूमिका खेल्न समेत सुझान दिए । भारतीय प्रधानमन्त्रीले पूँजीबजारलाई हौसाला दिए जस्तै नेपालका प्रधानमन्त्री र अर्थमन्त्रीले समेत हौसला दिनु पर्ने उनले माग राखे । ‘पूँजीबाजर भनेको राज्यले तुरुन्तै कर उठाउने ठाँउ पनि हो । अब नियामक निकायको नेतृत्वमा युवा आउन आवश्यक छ । जसले जेनजी आन्दोलनको औचित्यलाई पुष्टि गर्नेछ, ’उनले भने ।  

उनले विदेशमा रहेको अवैधानिक सम्पत्तिलाई सरकारको स्वामित्वमा ल्याउनु पर्नेमा जोड दिए ।  

नेपालको सेयरबजार अब कता लाग्ला भन्ने जिज्ञाशामा उनले सेयर बजार अब तल जाने कुनै सम्भावना नरहेको तर्क गरे । ‘विगतमा ११७५ विन्दुबाट बजार २९२ सम्म खस्यो । तर अर्थतन्त्रमा आएको क्रमिक सुधार र पूँजीबजारमैत्री सरकार बनेपछि बजार ३२०० सम्म पुग्यो । यतिबेला युवापुस्ताको बलमा बनेको सरकारमा अनुभवी र समग्र अर्थतन्त्र बुझेका अर्थमन्त्री आएका छन् । उनकै समयमा यो २५ करोडको क्याप हटाउनु पर्छ, उनले भने, ‘एनआरएनलाई पूँजीबाजरमा रोक्ने होइन । अहिलेका अर्थमन्त्री पनि २५ करोडको  क्याप र करमा सन्तुष्ट छैनन् । त्यसैले यसमा सुधार होस् ।’

उपेन्द्र महतोदेखि विनोद चौधरी जस्ता उद्योगीका लागि पनि देशमा सुरक्षित वातावरण बन्नु पर्ने उनले बताए । खरेलले जेनजी आन्दोलनबाट बनेको सरकारकै पालामा पूँजीबजार ३२ सय मात्रै होइन ६४ सय माथी गएको देख्न पाइयोस् भन्ने विश्वास समेत व्यक्त गरे ।  

‘अर्थमन्त्रालयले अब लगानीकर्ताहरुले राखेका माग भन्दा पनि बढी काम गरोस् । सबै नियमनकारी निकाय  सेबोन , नेप्से तथा बीमा प्राधिकरणले राम्रो काम गरुन् । यस अघि कूर्चीमा बस्नेले कमिसनको खेलमा लागेका कारण नै जेनजी आन्दोलन चर्किएको हो,’ उनले भने, ‘अब बजारमा कोराना काल र भुकम्पले ध्वस्त भएको बेलामा जस्तै गरी सुधार आउनु पर्यो ।  

खरेलले अहिलेका प्रधानमन्त्री, अर्थमन्त्री र नियामक निकायले पूँजीबजार सुधार र विकास गर्छु भनेर लगानीकर्ताहरुमाझ सपथ खानु पर्ने बताए । ‘किनकी यो सरकार पूर्णरुपमा सडकको बलबाट स्थापित भएकाले केही न केही फरक हुनै पर्छ ।’  

अहिले लगानीकर्ताको मनोबल कमजोर बनेका कारण यस्तो बेला सरकार र नियामक निकायले लगानीकर्ताहरुलाई ढाडस दिनु पर्नेमा पनि उनले जोड दिए । ‘सरकारले अहिलेको करलाई अन्तिम कर घोषणा गर्नु पर्छ । ब्रोकर र लगानीकर्ताको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । यो सम्बनधलाई अझै मजबुत बनाईनु पर्छ । जेनजीको उद्देश्य पनि पूँजी बजारको विकास र सुधार गर्नु हो’ उनले भने ।  

हाल देशमा बलियो सरकार भएका कारण अब खुल्ने बजारमा लगानीकर्ताले हतोत्साहित र निराश हुनुपर्ने कुनै कारण नरहेको उनले बताए । उनले लगानीकर्ताहरुलाई ढाडस दिँदै आउँदै गरेको दशैं ,तिहार तथ छठको शुभकामना समेत दिए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.